Kathmandu Press

कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच भेट 

विशेष महाधिवेशनका नाममा पार्टीभित्र उत्पन्न विवादबारे सभापति देउवासँग कुराकानी गर्न पुगेको जनाइएको छ। कुराकानीकाक्रममा पार्टी एकता कायम राख्न सभापति देउवालाई सुझाइएको थियो। 
कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच भेट 

काठमाडौं, पुस २४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच विहीबार भेटवार्ता भएको छ। 

नेता कोइरालाले केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालाई साथमा लिएर देउवा निवास महाराजगञ्जमा भेट्न पुगेका थिए। 

Hardik ivf

विशेष महाधिवेशनका नाममा पार्टीभित्र उत्पन्न विवादबारे सभापति देउवासँग कुराकानी गर्न पुगेको जनाइएको छ। कुराकानीकाक्रममा पार्टी एकता कायम राख्न सभापति देउवालाई सुझाइएको थियो। 

कांग्रेसले १५ औं महाधिवेशन आगामी वैशाख २८–३१ का लागि तोकिएको बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन डाकेका छन्। 

विशेष महाधिवेशनलाई संकल्प सम्मेलनमा लैजाने बिषयमा पहल गर्न नेता कोइरालाले सभापति देउवासँग आग्रह गरेका थि ।

प्रकाशित मिति: १४:४४ बजे, बिहीबार, पुस २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्