Kathmandu Press

१० जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस 

पुस २३ गते बसेको मन्त्रालयको बढुवा समिति बैठकले १० जना एसपीलाई प्रहरी बरिष्ठ एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो। 
१० जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस 
Hardik ivf

काठमाडौं, पुस २४ : गृह मन्त्रालयले नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस निर्णय गरेको छ। 

पुस २३ गते बसेको मन्त्रालयको बढुवा समिति बैठकले १० जना एसपीलाई प्रहरी बरिष्ठ एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो। 

बढुवा सिफारिस हुने एसपी हरुमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा छन्। 

प्रकाशित मिति: १३:२१ बजे, बिहीबार, पुस २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्