Kathmandu Press

प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस

रोल्पा जिल्ला समितिले तत्कालीन माओवादीले आधार क्षेत्र मान्दै आएको क्षेत्रबाट उम्मेदवारका रूपमा विप्लवलाई सिफारिस गरेको हो।
प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस

काठमाडौं, पुस २४ : नेकपा माओवादीले प्रतिनिधिसभा सदस्यका लागि हुने प्रत्यक्ष निर्वाचनमा पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई रोल्पाबाट एकल रुपमा सिफारिस गरेको छ ।

रोल्पा जिल्ला समितिले तत्कालीन माओवादीले आधार क्षेत्र मान्दै आएको क्षेत्रबाट उम्मेदवारका रूपमा विप्लवलाई सिफारिस गरेको हो।

Hardik ivf

सिफारिसप्रति प्रतिक्रिया जनाउँदै विप्लवले सामाजिक सञ्जाल मार्फत पार्टी, सहयोद्धाहरु र समर्थकप्रति आभार व्यक्त गरेका छन्।

उनले आफूप्रति गरेको विश्वास, राखेको अपेक्षा र दिएको जिम्मेवारीलाई वर्तमान पेचिलो राजनीतिक परिस्थितिमा गम्भीर कार्यभारका रूपमा बुझेको बताएका छन्।

विप्लवले आगामी दिनमा सबै मित्र, अभिभावक, शुभचिन्तक तथा राजनीतिक दलहरूसँग परामर्श गर्दै निर्णय कार्यान्वयनतर्फ अघि बढ्ने स्पष्ट पारेका छन्।

उनले आभार व्यक्त गर्दै जिम्मेवारीलाई साझा छलफल र सहमतिका आधारमा अगाडि बढाउने संकेत दिएका छन्।

प्रकाशित मिति: १०:४२ बजे, बिहीबार, पुस २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्