Kathmandu Press

कांग्रेस महामन्त्रीद्वयले गरे औपचारिक रुपमै पार्टी विशेष महाधिवेशन आह्वान 

केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भनेर अधिकतम प्रयास गरे पनि संभव हुन नसकेको थापा र शर्माद्वयको भनाई छ। 
कांग्रेस महामन्त्रीद्वयले गरे औपचारिक रुपमै पार्टी विशेष महाधिवेशन आह्वान 

काठमाडौं, पुस २३ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले बुधबार संयुक्त वक्तव्य जारी गर्दै औपचारिक रुपमै पार्टी विशेष महाधिवेशन आह्वान गरेका छन्।

महामन्त्रीद्वयले विधानको पालना गर्दै पार्टीलाई जीवन्त बनाउन विशेष केन्द्रीय महाधिवेशनमा सहभागी हुन आव्हान गरेका हुन्। 

Hardik ivf

वक्तव्यमा धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २४८८ जना (५४.५८) प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन, जनभावना अनुरुपको नीति निर्माण गर्नका लागि विशेष निर्णय लिनु अपरिहार्य भएको उल्लेख छ। 

विशेष महाधिवेशनको माग गर्दै निवेदन पेस भएको तीन महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको कार्यसम्पादन र जिम्मेवारीको विषय रहेको उनीहरुले बताएका छन्। केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भनेर अधिकतम प्रयास गरे पनि संभव हुन नसकेको थापा र शर्माद्वयको भनाई छ। 

‘संविधान बमोजिम निवेदन दिइसकेपछि विशेष महाधिवेशन बोलाउन नसक्ने अवस्थाको परिकल्पना नेपाली काँग्रेसको बिधानले गरेको छैन। विधान बमोजिम कारण सहित माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहिन भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन । यस्तो अवस्थामा विधानसम्मत माग बेवारिसे हुन सक्दैन, महाधिवेशन आफैँ क्रियाशील हुन्छ र तोकिएको समयसिमाभित्र विशेष महाधिवेशन हुन्छ भन्ने कुरा हामीले पार्टी बैठकमा पटक–पटक राखेका हौं,’ संयुक्त आव्हानमा भनिएको छ।

बहुमत महाधिवेशन प्रतिनिधिहरूद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति उनीहरुले ऐक्यबद्धता पनि जनाएका छन् । महामन्त्रीद्वयले भनेका छन्, ‘पौष २८ भित्र विशेष महाधिवेशन गर्नको लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिको तर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो। पौष २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानूनी र राजनितिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको छ।’

विधान बमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाई विधानको पालना नगरेको दाबी उनीहरुको छ । महामन्त्री थापा र शर्माले पार्टी विधानको धारा ३(१२) तथा धारा २७(१) समेतको व्यवस्थालाई आत्मासात् गर्दै विधानको धारा १७(२) अनुसार मिति २०८२ पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।

प्रकाशित मिति: १९:२८ बजे, बुधबार, पुस २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्