सभापति बन्नका लागि विशेष महाधिवेशनको माग गरिएको होइन : महामन्त्री थापा
‘हतार हतार अरुलाई हटाएर सभापति बन्न खोज्यो भन्ने आरोप आयो। हामीलाई सभापति बन्नैछैन । को बन्नुछ बन्नुस् । डा.शेखर कोइरालालाई बन्नुछ बन्नुस्। अर्को नेता बन्नुछ बन्नुस् । तर पार्टीलाई ठिक ठाउँमा उभ्याउनुपर्छ,’ थापाले भने।
काठमाडौं, पुस २३ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरूले विशेष महाधिवेशनको माग नगरेको बताउँदै जो कोही पनि सभापति बन्ने बाटो खुला रहेको भनाई राखेका छन्।
महामन्त्री थापाले बुद्धिजीविहरूसँग बुधबार भएको छलफलका क्रममा यस्तो भनाई राखेका हुन्। उनले आफूलाई सभापति बन्ने चाहना नरहेको बताए।
‘हतार हतार अरुलाई हटाएर सभापति बन्न खोज्यो भन्ने आरोप आयो। हामीलाई सभापति बन्नैछैन । को बन्नुछ बन्नुस् । डा.शेखर कोइरालालाई बन्नुछ बन्नुस्। अर्को नेता बन्नुछ बन्नुस् । तर पार्टीलाई ठिक ठाउँमा उभ्याउनुपर्छ,’ थापाले भने।
पार्टीलाई ठिक ठाउँमा उभ्याउने आफूहरूको एकमात्र चाहना रहेको उनका भनाई थियो। नेपालको ठूलो पार्टीलाई बनाउँ भन्ने मात्रै आफूहरुको चाहना रहेको थापाले बताए । ‘संस्था जोगाउने र परिवर्तनको मुद्दा नमार्ने गरी अघि बढ्न चाहेका छौं, उनले भने।