राष्ट्रिय सभा सदस्यमा सुनिलबहादुर थापा निर्विरोध
निर्वाचन कार्यालयका सूूचना अधिकारी तिर्थ अधिकारीका अनुसार अन्य क्लस्टरबाट अरूको उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचित भएको घोषणा हुन भने बाँकी छ ।
काठमाडौं, पुस २३ : राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन कार्यालयका सूूचना अधिकारी तिर्थ अधिकारीका अनुसार अन्य क्लस्टरबाट अरूको उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचित भएको घोषणा हुन भने बाँकी छ । निर्विरोध भएको घोषणा पुस २७ गते गरिने छ।
थापा विगतमा राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार समेत थिए । राष्ट्रिय सभाको उम्मेदवार बन्न राजीनामा दिएका थिए।
माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले तालमेल गरेका छन्।
प्रकाशित मिति: १६:३९ बजे, बुधबार, पुस २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)