Kathmandu Press

राष्ट्रपति पौडेलले पठाए जाँचबुझ आयोगलाई जवाफ

आयोगले एक साता अघि घटनाको बिषयमा जवाफ माग गर्दै राष्ट्रपति पौडेललाई पत्र पठाएको थियो । राष्ट्रपति पौडेलसँग आयोगले भदौ २४ गतेको घटनामा केन्द्रीत भएर प्रश्न सोधेको थियो । भदौ २४ गते प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी र तोडफोड गरेका थिए। 
राष्ट्रपति पौडेलले पठाए जाँचबुझ आयोगलाई जवाफ

काठमाडौं, पुस २३ : राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनामा जाँचबुझका लागि गठित आयोगमा लिखित जवाफ पठाएका छन्। 

आयोगले एक साता अघि घटनाको बिषयमा जवाफ माग गर्दै राष्ट्रपति पौडेललाई पत्र पठाएको थियो । राष्ट्रपति पौडेलसँग आयोगले भदौ २४ गतेको घटनामा केन्द्रीत भएर प्रश्न सोधेको थियो । भदौ २४ गते प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी र तोडफोड गरेका थिए। 

Hardik ivf

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेपछि असोज ९ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन भएको थियो।

आयोगले यसअघि पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग पनि जवाफ माग गरेको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गुण्डुस्थित निवासमै पुगेर बयान लिइएको थियो। 

तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आयोगमै पुगेर बयान दिएका थिए। 
 
प्रकाशित मिति: १६:३८ बजे, बुधबार, पुस २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्