राष्ट्रिय सभामा एमालेको भागमा आठ सिट, को–को बने उम्मेदवार?
चार सिटको दाबी गर्दै आएको नेपाली कम्युनिस्ट पार्टी भने गठबन्धनबाट बाहिरिएको छ । एमालेबाट कोसी प्रदेशमा रोशनी मेचेलाई उमेदवार बनाएको छ।
काठमाडौं, पुस २३ : राष्ट्रियसभा निर्वाचनमा तीन पार्टीबीच गठबन्धन हुँदा नेकपा (एमाले) ले आठ सिट पाएको छ।
उम्मेदवारको गठवन्धनमा कांग्रेसले नौ, एमालेले आठ र जनता समाजवादी पार्टी, नेपालले एक सिट पाएको छ। चार सिटको दाबी गर्दै आएको नेपाली कम्युनिस्ट पार्टी भने गठबन्धनबाट बाहिरिएको छ । एमालेबाट कोसी प्रदेशमा रोशनी मेचेलाई उमेदवार बनाएको छ।
ओली प्रधानमन्त्री रहँदा मेचे सचिवालयमा कार्यरत थिइन्। एमालेले कोसीबाट ‘अन्य’ तर्फ सोम पोर्तेललाई उमेदवार बनाएको छ। झापाका पोर्तेल एमाले कोसी प्रदेश कमिटीमा छन्। कर्णालीमा मीना रखाललाई उमेदवार बनाएको छ। उनी सुकुम्बासी आयोगको पूर्वउपाध्यक्ष, पूर्वकर्णालीसभा सदस्य र पूर्वएमाले केन्द्रीय कमिटी सदस्य हुन्।
यस्तै, एमालेले वाग्मतीमा प्रेमप्रसाद दंगाललाई उमेदवार बनाएको छ । दंगाल एसियाली किसान मञ्चका अध्यक्ष तथा युवा स्वरोजगार कोषका पूर्वउपाध्यक्ष हुन्। मधेस प्रदेशमा रेखा झालाई उम्मेदवार बनाइएको छ। महोत्तरी निवासी झा एमालेको मधेश प्रदेश कमिटी सदस्य छिन्।
लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई उमेदवार बनाइएको छ भने गण्डकीमा सम्झना देवकोटालाई उमेदवार बनाइएको छ। ०७८ मा एमाले विभाजनमा माधवकुमार नेपाललाई साथ दिएकी झाँक्री पूर्वसहरी विकासमन्त्री हुन्। गएको कात्तिक २४ गते एमाले फर्कीएकी झाँक्री ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनिन्।
सुदूरपश्चिम प्रदेशमा लीला भण्डारीलाई उमेदवार बनाइएको छ । भण्डारी माओवादी पृष्ठभूमिकी हुन्। उनी ०७८ मा एमालेको पोलिटब्युरो सदस्य थिइन् । उनी भण्डारी पूर्वराज्यमन्त्री समेत हुन्।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)