कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण प्रतिनिधिहरूको सक्रिय सहभागिताको लागि आव्हान
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विधानको धारा १७(१) अनुसार २०८२ मंसिरभित्रै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्छ। यदि त्यो सम्भव नभए धारा १७९२० बमोजिम विशेष महाधिवेशन आह्वान गरी विषम परिस्थितिको सम्बोधन गर्नुपर्छ।
काठमाडौं, पुस २३ : नेपाली काङ्ग्रेस विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरुले २७ र २८ गते काठमाडौंमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको सहभागिताको लागि आग्रह गरेको छ।
बुधबार नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्बन्धमा आयोजित विशेष पत्रकार सम्मेलन गर्दै महाधिवेशन प्रतिनिधिहरुलाई सहभागिता हुन आग्रह गरेको हो।
सोही क्रममा नेपाली कांग्रेसका नेता सुवास पोखरेलले पार्टी विधानको धारा १५ ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकाय मानेको भन्दै यसले लिने हरेक निर्णयहरूले आफैंमा वैधता प्राप्त गर्ने बताए।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विधानको धारा १७(१) अनुसार २०८२ मंसिरभित्रै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्छ। यदि त्यो सम्भव नभए धारा १७९२० बमोजिम विशेष महाधिवेशन आह्वान गरी विषम परिस्थितिको सम्बोधन गर्नुपर्छ।
यसैबीच पार्टीले २०६२ पौष २८ भित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५औं महाधिवेशन सम्पन्न हुन सकेन । यस्तो अवस्थामा माग बमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको हो।
यसअनुसार २०८२ पौष २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था छ। विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि नरहेको नेता खरेल बताउँछन्।












