जिल्ला अदालतमा २० न्यायाधीश नियुक्तिका लागि सिफारिस
न्याय सेवा आयोगबाट लिइएको जिल्ला न्यायाधीश पदको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई नियुक्तिका लागि परिषदले सिफारिस गरेको हो।
काठमाडौं, पुस २३ : न्याय परिषद्ले जिल्ला अदालतमा २० जना न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ।
न्याय सेवा आयोगबाट लिइएको जिल्ला न्यायाधीश पदको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई नियुक्तिका लागि परिषदले सिफारिस गरेको हो।
जसमध्ये अधिवक्ता शिशिरकुमार यादव, उपरजिस्ट्रार शिवप्रसाद आचर्य, श्रेस्तेदार ताराप्रसाद डाँगी, उपसचिव हिरालाल भुसाल, उपसचिव डिल्लीप्रसाद आचार्य, उपन्यायाधिवक्ता गोपालबहादुर भट्टराई, उपसचिव सुमन पाण्डे, उपरजिस्ट्रार ठाकुरप्रसाद बस्ताकोटी, श्रेस्तेदार विकास बस्नेत र श्रेस्तेदार इन्दिरा कार्की जिल्ला न्यायाधीशमा सिफारिस भएका छन्।
यसैगरी उपन्यायाधिवक्ता बाबुराम भट्टराई, उपन्यायाधिवक्ता टेकराज भुसाल, इजलास अधिकृत गोकुल पन्त, रजिस्ट्रार विरेन्द्रप्रकाश खड्का, रजिस्ट्रार महेन्द्रप्रसाद पौड्याल, उपरजिस्ट्रार बासुदेव पाण्डे, श्रेस्तेदार ललित सापकोटा, उपसचिव खेमकुमारी बस्नेत, उपरजिस्ट्रार कर्णबहादुर राई र उपरजिस्ट्रार हिरामाया अवाल पनि न्यायाधीश सिफारिस सूचीमा परेकी छन्।












