Kathmandu Press

राष्ट्रिय सभा उम्मेदवार चयनमा कांग्रेस महामन्त्री थापाको ‘नोट अफ डिसेण्ट’

महत्वपूर्ण निर्णयमा नेताहरूमा महामन्त्रीलाई समेत जानकारी नदिई केही व्यक्तिले घेराबन्दी गर्ने काम भएको छ,’ उनले भने। 
राष्ट्रिय सभा उम्मेदवार चयनमा कांग्रेस महामन्त्री थापाको ‘नोट अफ डिसेण्ट’

काठमाडौं, पुस २३ : राष्ट्रियसभा निर्वाचनमा एमालेसँगको गठबन्धन र उम्मेदवार चयन एकपक्षीय भएको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘नोट अफ डिसेण्ट’ लेखेका छन्। 

केन्द्रीय कार्यसम्पादन समिति बैठकले बुधबार गरेको निर्णयमा महामन्त्री थापाले फरक मत राखेका हुन्। संसदीय बोर्ड र केन्द्रीय कार्यसमितिको मानमर्दन गरेको बताउँदै थापाले फरक मत राखेका हुन्। 

Hardik ivf

उम्मेदवारी चयनका लागि मंगलबारको बैठकले सम्पूर्ण जिम्मेवारी सभापतिलाई दिने निर्णय गरेको थियो। महामन्त्री थापाले कार्यसम्पादन समिति बैठकले गरेको निर्णयमा आफूले स्वामित्व नलिने बताए। 

थापाले संचारकर्मीसँग भने, ‘जुन तालमेल गर्ने निर्णय गर्नुभएको छ, तालमेलका लागि जे आधार दिनुभएको छ, ती कुनै पनि निर्णय केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आएर तर्कपूर्ण छलफल भएर भएको निर्णय होइन । यसकारणले गर्दा यो निर्णयको स्वामित्व हामी लिँदैनौं।’

साथै, थापाले एमालेसँग तालमेलको सैद्धान्तिक आधार के हो भन्ने बिषयमा पनि कुनै स्पष्टता नरहेको बताएका छन् । ‘महत्वपूर्ण निर्णयमा नेताहरूमा महामन्त्रीलाई समेत जानकारी नदिई केही व्यक्तिले घेराबन्दी गर्ने काम भएको छ,’ उनले भने। 

राष्ट्रियसभा निर्वाचनमा एमाले र जसपा नेपालसँग कांग्रेसले तालमेल गरेको छ। १८ सिटमा तालमेल हुँदा नेपाली कांग्रेसले ९ सिट पाएको छ । जसअनुसार संस्थापन समूहलाई ६ र इतर समूहका नेता डा. शेखर कोइरालालाई ३ उम्मेदवारको भागबण्डा भएको छ । कोइराला समूहबाट मधेश प्रदेशबाट रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा र लुम्बिनी प्रदेशबाट बासुदेव जंगलीलाई उम्मेदवार बनाएको छ।

संस्थापन समूहले भने कोशी प्रदेशबाट अन्य क्लस्टरमा सुनिलबहादुर थापा, मधेश प्रदेशबाट दलित कोटामा धर्मेन्द्र पासवान, गण्डकी प्रदेशबाट अन्य क्लस्टरमा प्रा.डा.जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट अन्य क्लस्टरमा चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट अन्य क्लस्टरमा ललतिजंग शाही र सुदूरपश्चिम प्रदेशबाट अन्य क्लस्टरमा खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई भाग दिइएको छैन । 

प्रकाशित मिति: १४:५० बजे, बुधबार, पुस २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्