Kathmandu Press

कांग्रेसबाट को–को बन्दैछन् राष्ट्रिय सभामा उम्मेदवार?

कांग्रेसले कोशीमा सुनिलबहादुर थापा, मधेशमा धर्मेन्द्र पासवान र कर्ण रञ्जित, वाग्मतीमा गीता देवकोटा, गण्डकीमा जगत तिमिल्सेना, लुम्बिनीमा चन्द्र केसी र बासुदेव जंगली, कर्णालीमा ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशमा खम्बबहादुर खातीलाई उम्मेदवार बनाउने भएको छ। 
कांग्रेसबाट को–को बन्दैछन् राष्ट्रिय सभामा उम्मेदवार?

काठमाडौं, पुस २३ : आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको नाम टुंगो लगाएको छ। बुधबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उम्मेदावरको नाम टुंगो लगाएको हो। 

कांग्रेसले कोशीमा सुनिलबहादुर थापा, मधेशमा धर्मेन्द्र पासवान र कर्ण रञ्जित, वाग्मतीमा गीता देवकोटा, गण्डकीमा जगत तिमिल्सेना, लुम्बिनीमा चन्द्र केसी र बासुदेव जंगली, कर्णालीमा ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशमा खम्बबहादुर खातीलाई उम्मेदवार बनाउने भएको छ। 

Hardik ivf

कांग्रेस, एमाले र जसपा–लोसपाबीच भएको गठबन्धन अनुसार राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले ९ सिट पाउने सहमति भएको थियो। सोही अनुसार कांग्रेसले उम्मेदवार चयन गरेको हो। 

यता, एमालेले पनि उम्मेदवार चयन गरिसको छ। गठबन्धनमा भएको सहमति अनुसार एमालेले राष्ट्रिय सभामा ८ सिट पाएको छ। जसमा उसले कोशीमा रोशनी मेचे र सोम पोर्तेल, मधेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल तथा सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।

प्रकाशित मिति: १३:०६ बजे, बुधबार, पुस २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्