कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काँग्रेसको कार्य सम्पादन समितिको बैठक हिजो पनि बसेको थियो। बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ। आज पनि बाँकी नेताले आ-आफ्नो धारणा राख्ने कार्यक्रम छ।
काठमाडौँ, पुस २३ : नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।
काँग्रेसको कार्य सम्पादन समितिको बैठक हिजो पनि बसेको थियो। बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ। आज पनि बाँकी नेताले आ आफ्नो धारणा राख्ने कार्यक्रम छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गर्दा संस्थापन पक्ष नियमित महाधिवेशनका पक्षमा छन् ।
प्रकाशित मिति: ०८:३७ बजे, बुधबार, पुस २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










