Kathmandu Press

कुलमान भन्छन्– आजसम्म मैले कुनै पार्टीको सदस्यता लिएको छैन

‘मलाई यहाँ एउटा साथीले उठाउनुभएको कुरा छ अहिलेसम्म आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन,’ उनले भने।
कुलमान भन्छन्– आजसम्म मैले कुनै पार्टीको सदस्यता लिएको छैन

काठमाडौं, पुस २२ : ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारेका छन्।

काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसियसन अन्तरक्रिया कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिलेसम्म पार्टी सदस्यता नलिएको बताएका हुन्।

Hardik ivf

‘मलाई यहाँ एउटा साथीले उठाउनुभएको कुरा छ अहिलेसम्म आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन,’ उनले भने। 

उनले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न आवश्यक रहेको बताउँदै त्यसको प्रकृया अगाडि बढाएको जानकारी दिए।

‘सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्नै पर्छ । श्रम मन्त्रालय अन्तर्गत हामीले पठाएका छौं। त्यसलाई श्रम मन्त्रालयले नै निर्देशन जारी गर्नुपर्ने हुनाले त्यसमा हामी अगाडि बढेको छौं,’ उनले भने।

मन्त्री घिसिङले केही कुरामा मात्र पनि सरकारले ध्यान दिएर सुधार गर्ने हो भने धेरै इन्जिनियरहरुले रोजगारी पाउने अवस्था सृजना हुने बताए। दरबन्दी निर्माण गर्न खोज्दा अर्थमन्त्रालयले सहमति नदिदा धेरै इन्जिनियरहरुले रोजगारीबाट बञ्चीत हुनुपर्ने अवस्था रहेको उनको भनाई छ।

‘केही कुराहरुमा सुधार गर्दाखेरी धेरै इन्जिनियरहरुले रोजगारी पाउने अवस्था छ । त्यो विषयलाई हामीले नियन्त्रण गर्ने र गम्भीर रुपमा सरकारले हेर्नुपर्छ। संस्थानहरुमा इन्जिनियरहरुको धेरै ठूलो माग छ। विद्युत प्राधिकरणमा पनि धेरै माग छ,’ उनले भने, ‘इलेक्ट्रिकल इन्जिनियर पाएकै छैन। त्यसको दरबन्दी निर्माण गर्न खोज्दा अर्थमन्त्रालयले सहमति दिँदैन। एकातिर प्रदर्शन गर्न सकेको छैन अर्कोतिर रोजगारी सृजना भइरहेको छ यो कुरा सरकारले गम्भीर रुपमा हेर्नुपर्छ।’

 

प्रकाशित मिति: २०:४७ बजे, मंगलबार, पुस २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्