काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई भ्रष्टाचार अभियोगमा सफाई
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले भ्रष्टाचार मुद्दामा परियारसहित सातै जनाले सफाई पाउने फैसला गरेको हो।
काठमाडौं, पुस २२ : काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भ्रष्टाचारको अभियोगबाट सफाई पाएका छन्।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले भ्रष्टाचार मुद्दामा परियारसहित सातै जनाले सफाई पाउने फैसला गरेको हो।
विशेष अदालतले मुद्दामा प्रतिवादी बनाइएका परियारसहित रविमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जनार्दन गिरी उपरको आरोपदाबी पुष्टि हुन नसकेको भन्दै सफाई पाउने फैसला सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। काठमाडौँ महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ भ्रष्टाचार भएको दाबी अख्तियारको थियो।
भ्रष्टाचार आरोपबाट सफाई पाए पनि पूर्ण फैसला आउन भने बाँकी छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










