राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गर्ने कांग्रेसको निर्णय
‘माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गर्दछ।’
काठमाडौं, पुस २२ : नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत विभिन्न राजनीतिक घटकसँग तालमेल गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तालमेल गर्ने निर्णय गरेको हो। कार्यसंपादन समितिको निर्णयमा भनिएको छ, ‘माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गर्दछ।’
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनबारे भएको छलफलमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आ–आफ्नो धारणा राखेका थिए।
प्रकाशित मिति: १८:१९ बजे, मंगलबार, पुस २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










