तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रले हस्ताक्षर गरेपछि बल्ल सार्वजनिक भयो संसद विघटनको फैसला
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पहिलो प्रतिनिधि सभा विघटनको फैसला सार्वजनिक भएको हो। त्यतिबेला संवैधानिक इजलासको नेतृत्व गरेका राणामाथि संसदमा महाभियोग लागपछि फैसलाको पूर्णपाठमा हस्ताक्षर गर्न मानेका थिएनन्।
काठमाडौं, पुस २२ : तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले हस्ताक्षर गरेपछि पहिलो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ अहिले बल्ल सार्वजनिक भएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पहिलो प्रतिनिधि सभा विघटनको फैसला सार्वजनिक भएको हो। त्यतिबेला संवैधानिक इजलासको नेतृत्व गरेका राणामाथि संसदमा महाभियोग लागपछि फैसलाको पूर्णपाठमा हस्ताक्षर गर्न मानेका थिएनन्।
फैसलाको पूर्णपाठ तयार भएर पनि सार्वजनिक हुन सकेको थिएन । राणाको हस्ताक्षरपछि सर्वोच्च अदालतले मंगलबार फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।
राणा महाभियोगको प्रस्तावका कारण निलम्बनकै अवस्थामा अवकाश भएका थिए। उनको पेन्सनपट्टा समेत रोकिएको थियो।
महाभियोग र पेन्सनपट्टाको निहुँमा उनले पूर्ण फैसलाको मस्यौदामा हस्ताक्षर गर्न अस्वीकार गर्दै आएका थिए । अहिले हस्ताक्षर गरेपछि पूर्ण पाठ सार्वजनिक भएको छ ।