गैरीगाउँको काठ गाेदाममा भीषण आगलागी, निभाउने प्रयास जारी
मंगलबार दिउँसो लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन। नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले आगोलागी नियन्त्रणको प्रयास गरिरहेका छन्।
काठमाडौं, पुस २२ : काठमाडौंको गैरीगाउँको एक काठ गोदाममा भीषण आगलागी भएको छ।
मंगलबार दिउँसो लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन। नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले आगोलागी नियन्त्रणको प्रयास गरिरहेका छन्।
आगो नियन्त्रणमा लिन गएका दुई दमकमलमध्ये एउटामात्रै घटनास्थल पुगेको छ भने साँघुरो बाटोका कारण अर्को जान नसकेको बताइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आगलागीका कारण विमान उडान र अवतरणमा समसय भएको छ। धुँवाको मुस्लोका कारण विदेशबाट आएका विमान केही समय सिमराको आकाशमा होल्ड गरिएको बताइएको छ।
प्रकाशित मिति: १६:२० बजे, मंगलबार, पुस २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










