बालेनले बुझाए जाँचबुझ आयोगलाई जवाफ
आयोगले पठाएको प्रश्नमा बालेनले लिखित जवाफ पठाएका हुन्। आयोगले बालेनलाई कार्यालयमा नआए पनि घरबाटै लिखित जवाफ पठाउने सुविधा दिएको थियो।
काठमाडौं, पुस २२ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले जेनजी आन्दोलनका बेला भदौ २३ र २४ गते भएका घटनाको बिषयमा जाँचबुझ आयोगलाई जबाफ बुझाएका छन्।
आयोगले पठाएको प्रश्नमा बालेनले लिखित जवाफ पठाएका हुन्। आयोगले बालेनलाई कार्यालयमा नआए पनि घरबाटै लिखित जवाफ पठाउने सुविधा दिएको थियो।
आयोग प्रवक्ता विज्ञानराज शर्माका अनुसार अब आयोगमा बयान लिने काम लगभग सकिसकेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल लगायतको बयान पनि सकाएको छ।
प्रकाशित मिति: १५:४३ बजे, मंगलबार, पुस २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)