कांग्रेस पार्टी कार्यालयमा लफडा
कार्यालय बाहिर बाहिर कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै नाराबाजीसमेत गरिएको छ।
काठमाडौं, पुस २२ : नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नेताहरूलाई कार्यालय भित्र प्रवेश गर्न अवरोध गरिएको छ।
कार्यालय बाहिर बाहिर कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै नाराबाजीसमेत गरिएको छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकको लागि नेताहरूलाई सुरक्षा दिएर वैकल्पिक गेटबाट भित्र प्रवेश गराइएको छ। पार्टी सचिवालयले बिहान ११ बजे बैठक हुने भने पनि १ बजेको लागि सारिएको थियो। तर अहिलेसम्म बैठक सुरू हुन सकेको छैन।
नेता विमलेन्द्र निधिलाई कार्यालयमा प्रदर्शनरत समूहले दुव्र्यवहार गरेको छ । निधिलाई लिंक रोडबाट कार्यालयभित्र जानेक्रममा अवरोध पु¥याएका थिए। त्यसक्रममा नेता निधि र प्रदर्शनकारीबीच चर्काचर्की समेत परेको थियो। विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी गरेका हुन्।












