भ्रष्टाचारका आरोपी सुनिल पौडेललाई अदालतमा झिकाइयो
मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई झिकाउने आदेश जारी गरेको हो।
काठमाडौं, पुस २२ : गैरकानुनी सम्पत्ति आर्जन (अकुत) सम्पत्ति आर्जनको अभियोगमा मुद्दा चलाइएका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतमा झिकाउने आदेश भएको छ।
मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई झिकाउने आदेश जारी गरेको हो।
पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दर्ता गरेको थियो।
उनीविरुद्ध २३ करोड ७५ लाख बिगो बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी गरिएको छ। पौडेलमाथि राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा अनियमितता गरेकोलगायतका मुद्दा पनि लगाइएको छ।
प्रकाशित मिति: १४:५८ बजे, मंगलबार, पुस २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)