Kathmandu Press

एमालेमा चुनावी तालमेल गर्ने र घोषणा पत्र बनाउने जिम्मा ओलीलाई

तालमेलका लागि कांग्रेस र नेकपाबीच छलफल गर्ने र हरेक प्रदेशमा एकजना पर्ने गरी सात सीट माग गरेको उपमहासचिव भट्टले जानकारी दिए।
एमालेमा चुनावी तालमेल गर्ने र घोषणा पत्र बनाउने जिम्मा ओलीलाई

काठमाडौं, पुस २२ : नेकपा एमालेको मंगलबार बसेको सचिवालय बैठकले चुनावी तालमेल गर्ने र घोषणा पत्र बनाउने जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ। 

बैठकले प्रदेश र निर्वाचनको संयोजक तोक्नुका साथै राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्नेबारे अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए। 

Hardik ivf

तालमेलका लागि कांग्रेस र नेकपाबीच छलफल गर्ने र हरेक प्रदेशमा एकजना पर्ने गरी सात सीट माग गरेको उपमहासचिव भट्टले जानकारी दिए। कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले अध्यक्षलाई नै दिएको उनले जानकारी दिए।

बैठकले अध्यक्ष ओलीकै नेतृत्वमा घोषणा पत्र समिति समेत गठन गरेको उनले बताए। समितिमा उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णु पौडेल, महामसचिव शंकर पोखरेल तथा केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र पूर्वउपमहासचिव विष्णु रिमाल सदस्य छन्।


उनका अनुसार निर्वाचन परिचालन कमिटी गठन गरेको र त्यसको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई संयोजक तोकेको छ । जसमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भीष्म अधिकारी सदस्य रहेका छन्।

 

 

प्रकाशित मिति: १४:३२ बजे, मंगलबार, पुस २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्