Kathmandu Press

विकासको नाममा आइएनजिओको एजेन्डा बोकेर हिँड्ने काम भयो : ओली 

‘विकासको नाममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको एजेन्डा बोकेर हिंडिरहेको बताएका छन् । विकासको नाममा एनजीओ आईएनजीओको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रुपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ,’ उनले भने।
विकासको नाममा आइएनजिओको एजेन्डा बोकेर हिँड्ने काम भयो : ओली 

काठमाडौं, पुस २२ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय विकासको नाममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको एजेन्डा बोकेर हिड्ने काम भइरहेको दाबी गरेका छन्। 

मंगलबार एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले यस्तो भनाई राखेका हुन्। उनले कतिपय व्यक्ति नियतवश र कतिपय स्वार्थ बोकेर विदेशी शक्तिको दलालीमा लागेको पनि बताए। 

‘विकासको नाममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको एजेन्डा बोकेर हिंडिरहेको बताएका छन् । विकासको नाममा एनजीओ आईएनजीओको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रुपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ,’ उनले भने।

कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका र कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएको टिप्पणी उनको थियो। 

ओलीको उक्त भनाई रास्वपा सभापति रवि लामिछाने र काठमाडां महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) तिर लक्षित रहेको छ। ओलीले भदौ २२ र २३ गते भएको जेनजी आन्दोलनको जस लिन नसकेको पनि बताए। 

‘अन्ततः देश ध्वस्त बनाउने कामको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने अवस्था आएको छ,’ ओलीले भने। 

प्रकाशित मिति: १४:२४ बजे, मंगलबार, पुस २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्