Kathmandu Press

वीरगञ्जमा कर्फ्यू कायमै, दिउँसो १ बजेसम्म थपियो

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार संवेदनशील क्षेत्रहरूमा अझै सुरक्षा सतर्कता आवश्यक देखिएकाले शान्ति–सुरक्षा कायम राख्न कर्फ्यू थप्नुपरेको हो।
वीरगञ्जमा कर्फ्यू कायमै, दिउँसो १ बजेसम्म थपियो

पर्सा, पुस २२ : धनुषामा भएको घटनालाई लिएर उत्पन्न विवादका कारण अशान्त बनेको वीरगञ्जमा जारी कर्फ्यूको अवधि थप गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आज दिउँसो १ बजेसम्मका लागि कर्फ्यूलाई निरन्तरता दिएको हो।

यसअघि प्रशासनले सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो। तर, तोकिएको समयभित्र स्थिति पूर्ण रूपमा सामान्य नभएपछि स्थानीय प्रशासनले थप ५ घण्टा कफ्र्यु लम्ब्याउने निर्णय गरेको हो।

Hardik ivf

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार संवेदनशील क्षेत्रहरूमा अझै सुरक्षा सतर्कता आवश्यक देखिएकाले शान्ति–सुरक्षा कायम राख्न कर्फ्यू थप्नुपरेको हो।

‘हामीले अवस्थाको निरन्तर मूल्याङ्कन गरिरहेका छौँ,’ प्रजिअ दाहालले भने, ‘दिउँसो १ बजेपछि परिस्थितिको समीक्षा गरी कफ्र्यु खुकुलो पार्ने वा थप गर्ने भन्नेबारे पुनः निर्णय लिइनेछ।’

प्रशासनले वीरगञ्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रलाई कर्फ्यू क्षेत्र तोकेको छ। यो अवधिमा सर्वसाधारणलाई घरबाहिर निस्कन, भेला हुन, जुलुस निकाल्न वा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

सुरक्षा व्यवस्था कडा

तनाव उत्पन्न भएपछि वीरगञ्जका मुख्य चोक, बजार र संवेदनशील क्षेत्रहरूमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति रहेको छ।
सुरक्षाकर्मीहरूले निरन्तर गस्ती गरिरहेका छन्। प्रशासनले अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूलाई भने परिचयपत्रका आधारमा आवतजावतमा छुट दिएको छ।

जिल्ला प्रशासन कार्यलयले दुवै समुदायलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।

प्रकाशित मिति: १०:३९ बजे, मंगलबार, पुस २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्