Kathmandu Press

राष्ट्रियसभा निर्वाचनको तयारीमा एमाले, आज सचिवालय बैठक बस्दै

पार्टी केन्द्रीय सचिव पद्मा अर्यालका अनुसार बैठक बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
राष्ट्रियसभा निर्वाचनको तयारीमा एमाले, आज सचिवालय बैठक बस्दै

काठमाडौं, पुस २२ : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान बस्दैछ। समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनमा भोलि हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो।

पार्टी केन्द्रीय सचिव पद्मा अर्यालका अनुसार बैठक बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

आजको बैठकमा नेताहरूको कार्यविभाजन पनि प्रमुख एजेण्डाका रूपमा रहेको एक पदाधिकारीले जानकारी दिएका छन्। उनका अनुसार देश निर्वाचनतर्फ उन्मुख भएकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने तयारी एमालेको छ। 

सो तयारीअनुसार मुख्य–मुख्य विभागका प्रमुख, प्रदेश इन्चार्जहरूलाई संयोजकको जिम्मेवारी दिने तथा जिल्ला इन्चार्जहरूलाई पनि संयोजककै भूमिकामा परिचालन गर्ने योजना रहेको बताइएको छ।

यसैगरी, आजको सचिवालय बैठकले यही २६ गते बस्न लागेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने निर्वाचन केन्द्रित केही रणनीतिहरू पनि तय गर्ने बताइएको छ । 

प्रकाशित मिति: ०८:१० बजे, मंगलबार, पुस २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्