Kathmandu Press

‘पपुलिष्ट र अपरिपक्कता भनेर गाली गर्नेहरुको चाङमा टेकेर समृद्धिको सपना पूरा गर्छौ’

‘हामीले विभिन्न आरोपहरु खेपेका छौं। कतिपयले पपुलिष्टहरु मिले । यिनीहरुमा राजनीतिक परिपक्कता छैन भनेको पनि सुन्नु परेको छ । हामीलाई गाली गर्दा खुसी मिल्छ भने गर्नुहोस् । हामी त्यो गालीको चाङमा टेकेर यो देशको समृद्धिको सपना पूरा गरेर छोड्ने छौं,’ उनले भने।
‘पपुलिष्ट र अपरिपक्कता भनेर गाली गर्नेहरुको चाङमा टेकेर समृद्धिको सपना पूरा गर्छौ’

काठमाडौं, पुस २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वैकल्पिक शक्तिहरुको एकतालाई पपुलिष्ट र राजनीतिक अपरिपक्कताहरुको एकताको संग्या दिएको भन्दै असन्तुष्टि जनाएका छन्।

सोमबार काठमाडौंमा आयोजित रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरु गालीको चाङमा टेकेर भएपनि देशको समृद्धिको सपना पूरा गरेर छोड्ने दाबी गरे।

Hardik ivf

‘हामीले विभिन्न आरोपहरु खेपेका छौं। कतिपयले पपुलिष्टहरु मिले । यिनीहरुमा राजनीतिक परिपक्कता छैन भनेको पनि सुन्नु परेको छ । हामीलाई गाली गर्दा खुसी मिल्छ भने गर्नुहोस् । हामी त्यो गालीको चाङमा टेकेर यो देशको समृद्धिको सपना पूरा गरेर छोड्ने छौं,’ उनले भने।

त्यस्तै उनले पुराना राजनीतिक दलहरुलाई निर्वाचनमा मुलुकलाई सहज रुपमा जान दिन आग्रह गर्दै चलखेल र हात लम्काउने काम नगर्न सुझाए । निर्वाचन मार्फत जनताले आफ्नो अभिमत जाहेर गर्ने बताउँदै उनले त्यो अभिमत मार्फत नयाँ इतिहास कोर्ने धारणा राखे।

‘निर्वाचनमा मुलुकलाई सहज रुपमा जान दिनुहोस् । चलखेल नगर्नुहोस्। हात लम्काउने चम्काउने नगर्नुहोस्। निर्वाचन मार्फत जनताले आफ्नो अभिमत जाहेर गर्ने छन्। त्यो अभिमत मार्फत नयाँ इतिहास कोर्नु छ। त्यो इतिहासमा सक्नुहुन्छ भने योगदान दिनुहोस्। सक्नुहुन्न भने बिथोल्ने काम नगर्नुहोस्’ उनले भने।

सभापति लामिछानेले पुराना राजनीतिक दलहरुले आएका परिवर्तनहरु स्वीकार गर्न अप्ठ्यारो मानिरहेको बताए। पुराना दलले कुशासनको चपेटामा पारेर मुलुकलाई आज यो अवस्थामा पुर्याएको उनको भनाई छ।

‘पुराना राजनीतिक दलहरुले यता कता आएका परिवर्तनहरु स्वीकार गर्न अप्ठ्यारो मानिरहेको देखेको छु । उहाँहरुलाई म वितम्रतापूर्वक भन्न चाहान्छु, स्वीकार्नु होस् । आफ्नो असक्षमतालाई स्वीकार्नुहोस्। तपाईहरुले पछिल्लो समय कुशासनको चपेटामा पारेर मुलुकलाई आज यो अवस्थामा पुर्याउनुभयो । अब थप जोडबल नगर्नुहोस्,’ उनले भने।

उनले विभेदरहित समाज निर्माण गर्ने कुरामा रास्वपा प्रतिबद्ध रहेको विश्वास दिलाए।

प्रकाशित मिति: २०:३८ बजे, सोमबार, पुस २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्