Kathmandu Press

विशेष महाधिवेशन पक्षधरको ध्यानाकर्षण बुझ्न काबा सभापति खड्काद्वारा अस्वीकार 

काबा सभापति खड्काले ध्यानाकर्षण पत्र नबुझेपछि विशेष महाधिवेशन पक्षधर नेता चालिसेले केन्द्रीय कार्यालयबाहिर पढेर सुनाएका थिए। चालिसेले केन्द्रीय समितिले नै विशेष महाधिवेशन आयोजना गर्नुपर्ने बताएका थिए। 
विशेष महाधिवेशन पक्षधरको ध्यानाकर्षण बुझ्न काबा सभापति खड्काद्वारा अस्वीकार 

काठमाडौं, पुस २१ : नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरका नेताहरूले बुझाउन लगेका ध्यानाकर्षण पत्र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुझ्न अस्विकार गरेका छन्। 

सोमबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति खड्कालाई विशेष महाधिवेशन पक्षधरका नेता देवराज चालिसेसहितले ध्यानाकर्षण पत्र बुझाउन पुगेका थिए। खड्काले भने ध्यानाकर्षण पत्र बुझ्न अस्विकार गरेका थिए। ध्यानाकर्षण पत्र दर्तासमेत गर्न अस्विकार गरिएको विशेष महाधिवेशन पक्षधर नेताहरुले बताएका छन्। 

Hardik ivf

महामन्त्री गगन थापा र विश्वप्रकास शर्माको नेतृत्वको विशेष महाधिवेशन पक्षधरले पुस २७ गतेदेखि विशेष महाधिवेशन गर्ने भन्दै भृकुटीमण्डपमा हल बुकिङसमेत गरिसकेका छन्।

काबा सभापति खड्काले ध्यानाकर्षण पत्र नबुझेपछि विशेष महाधिवेशन पक्षधर नेता चालिसेले केन्द्रीय कार्यालयबाहिर पढेर सुनाएका थिए। चालिसेले केन्द्रीय समितिले नै विशेष महाधिवेशन आयोजना गर्नुपर्ने बताएका थिए। 

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘वैशाखमा महाधिवेशन गर्ने पुस १८ को निर्णय त्रुटिपूर्ण निर्णय सच्याएर विशेष महाधिवेशन आयोजना गर्न केन्द्रसमक्ष पुनः अनुरोध गर्दछौं ।’ चालिसेले विशेष महाधिवेशन पक्षमा हस्ताक्षर गरेकालाई काठमाडौं नआऊ भनेर भन्न नमिल्ने पनि बताए। 

प्रकाशित मिति: १९:०६ बजे, सोमबार, पुस २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्