Kathmandu Press

रास्वपामा चार पदाधिकारी थपिने

आज बसेको सचिवालय बैठकले पदाधिकारीमा उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ जना थप्ने निर्णय गरेको हो।
रास्वपामा चार पदाधिकारी थपिने

काठमाडौं, पुस २० : राष्ट्रिय स्वतन्त्र पार्टीमा ४ पदाधिकारी थपिने भएका छन्। 

आज बसेको सचिवालय बैठकले पदाधिकारीमा उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ जना थप्ने निर्णय गरेको हो।

Hardik ivf

प्रवक्ता मनिष झाका अनुसार पार्टी एकीकरण एवं विस्तारको क्रममा यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थप्ने निर्णय भएको हो।

यसैगरी रास्वपाले केन्द्रीय समितिको बैठकबाट पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको छ।

उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने र उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय गरेको छ। 

यसैगरी पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निस्कर्षमा पुर्याउन पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने, उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: १९:४३ बजे, आइतबार, पुस २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्