Kathmandu Press

न्यायपालिकाप्रति अभद्र अभिव्यक्ति स्वीकार्य छैन : प्रधानन्यायाधीश राउत

उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत, न्यायाधीश र न्यायपालिकाको गरिमा र मर्यादा ध्वस्त पार्ने छुट कसैलाई नभएको बताए ।
न्यायपालिकाप्रति अभद्र अभिव्यक्ति स्वीकार्य छैन : प्रधानन्यायाधीश राउत

काठमाडौं, पुस २० : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको हालको राजनीतिक र सामाजिक अवस्था अत्यन्त संवेदनशील रहेको बताएका छन्।

आइतबार सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले न्यायपालिकाको प्रतिष्ठा र मर्यादाप्रति लक्षित सुनियोजित अभद्र अभिव्यक्तिहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको बताएका हुन्।

Hardik ivf

‘देशको अहिलेको अवस्था अत्यन्त तरल, संवेदनशील र गम्भीर छ । यस अवस्थामा ख्यातिप्राप्त राज्यको चौथौं अंगको रूपमा मैले आफ्नो कुरा भन्नैपर्छ,’ उनले भने, ‘न्यायपालिका, अदालत र न्यायाधीशप्रति लक्षित सुनियोजित रूपमा अराजक अभिव्यक्तिहरू, आपत्तिजनक टिप्पणी र अशक्तकर सामग्रीहरू सामाजिक सञ्जालमा फैलिरहेका छन्। आलोचना गर्न पाइँदैन भन्ने होइन, तर तथ्यगत, स्वच्छ र अतिरञ्जित नभएको आलोचना मात्र स्वीकार्य छ।’

उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत, न्यायाधीश र न्यायपालिकाको गरिमा र मर्यादा ध्वस्त पार्ने छुट कसैलाई नभएको बताए।

‘मिडियाले सत्यतथ्य उजागर गर्ने कुरामा हामी स्वागत गर्छौं। यदि हामीलाई सुधारिनुपर्ने ठाउँ देखियो भने हामी सुधार गर्छौं, र सचिनुपर्ने अवस्था आएमा सचिन्छौं,’ उनले भने, ‘तर अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत, न्यायाधीश र न्यायपालिकाको गरिमा र मर्यादा ध्वस्त पार्ने छुट कसैलाई छैन।’

प्रकाशित मिति: १९:३७ बजे, आइतबार, पुस २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्