प्रधानमन्त्री कार्कीका पती दुर्गा सुवेदीलाई भारत लगिँदै
शिक्षण अस्पतालका चिकित्सकको सल्लाह अनुसार सुवेदीलाई भारत लैजाने तयारी भएको हो। सुवेदीको स्वास्थ्यमा विभिन्न समस्यहरु देखापरेपछि अस्पताल भर्ना गरिएको हो।
काठमाडौं, पुस २० : प्रधानमन्त्री सुशीला कार्कीका पती दुर्गा सुवेदीलाई उपचारका लागि भारत लगिने भएको छ।
सुवेदीलाई केहीबेरमा भारत लैजान लागिएको हो । भारत लैजानका लागि अहिले उनलाई विमानस्थल लगिएको छ।
उनी विरामी परेपछि शिक्षण अस्पतालमा भर्ना भएका थिए। शिक्षण अस्पतालका चिकित्सकको सल्लाह अनुसार सुवेदीलाई भारत लैजाने तयारी भएको हो। सुवेदीको स्वास्थ्यमा विभिन्न समस्यहरु देखापरेपछि अस्पताल भर्ना गरिएको हो।
पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम, रिंगटा लाग्ने लगायतका समस्या देखिएको जनाइएको छ । सुवेदीको यसअघि प्रोस्टेटको शल्यक्रिया समेत गराइएको थियो।
प्रकाशित मिति: १८:३० बजे, आइतबार, पुस २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










