Kathmandu Press

समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनित

केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औं केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए।
समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनित

काठमाडौं, पुस २० : राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलबाट आएका सातजनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।

आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले रञ्जु दर्शना लगायतका सातजनालाई औपचारिक रुपमा मनोनयन गरेको हो।

यस्तै, समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा पनि मनोनयनमा परेका छन्।

केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औं केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए।

उनीहरू विवेकशील साझा पार्टी छाडेर गत मंसिर १४ गते रास्वपा प्रवेश गरेका थिए।

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, पुस २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्