Kathmandu Press

एमाले दाङ-२ बाट महासचिव शंकर पोखरेल एकल सिफारिस

क्षेत्रीय संयोजक सुदन केसीले बैठकबाट पोखरेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको जानकारी दिए।
एमाले दाङ-२ बाट महासचिव शंकर पोखरेल एकल सिफारिस

दाङ, पुस २० : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नेकपा एमाले दाङ क्षेत्र नम्बर–२ ले पार्टी महासचिव शंकर पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको छ।

आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेललाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। क्षेत्रीय संयोजक सुदन केसीले बैठकबाट पोखरेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको जानकारी दिए।

दाङ क्षेत्र नम्बर–२ महासचिव पोखरेलको गृह क्षेत्रसमेत पर्दछ। 

पार्टीभित्र लामो समयदेखि प्रभावशाली नेताका रूपमा चिनिएका पोखरेलको उम्मेदवारी सिफारिसले आगामी निर्वाचनमा एमालेको रणनीति स्पष्ट भएको संकेत गरेको छ।

 

प्रकाशित मिति: १६:४३ बजे, आइतबार, पुस २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्