प्रधानमन्त्री कार्कीका पती दुर्गा सुवेदी अस्पतालमा भर्ना
उनमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम, रिंगटा लाग्ने लगायतका समस्या देखिएको जनाइएको छ।
काठमाडौं, पुस २० : प्रधानमन्त्री सुशीला कार्कीका पती दुर्गा सुवेदी विरामी परेपछि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
सुवेदीको स्वास्थ्यमा विभिन्न समस्यहरु देखापरेपछि अस्पताल भर्ना गरिएको हो। पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम, रिंगटा लाग्ने लगायतका समस्या देखिएको जनाइएको छ।
सुवेदीको यसअघि प्रोस्टेटको शल्यक्रिया समेत गराइएको थियो। सुवेदीको उपचारका बिषयमा चिकित्सकहरूसँग परामर्श भइरहेको छ।
उनलाई अहिले क्याविनमा राखेर स्वास्थ्य परिक्षण गरिएको छ।
प्रकाशित मिति: १४:४५ बजे, आइतबार, पुस २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










