Kathmandu Press

धनुषा घटनाले वीरगञ्जमा तनाव, प्रदर्शनकारी र प्रहरीबीच झडप

प्रदर्शनकारीले आइतबार बिहानैदेखि वीरगञ्जका चोकचोकमा टायर बालेर प्रदर्शन गरेका थिए। वीरगन्जको छपकैया इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप पनि भएको छ।
धनुषा घटनाले वीरगञ्जमा तनाव, प्रदर्शनकारी र प्रहरीबीच झडप

पर्सा, पुस २० : धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा तोडफोड भएको विरोधमा वीरगन्ज प्रदर्शन भइरहेको छ। 

टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा तोडफोड भएपछि त्यसको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

Hardik ivf

प्रदर्शनकारीले आइतबार बिहानैदेखि वीरगञ्जका चोकचोकमा टायर बालेर प्रदर्शन गरेका थिए। वीरगन्जको छपकैया इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप पनि भएको छ।

स्थिति नियन्त्रणमा लिन यस क्रममा प्रहरीले ५ राउण्ड अश्रु ग्यास पनि प्रहार गरेको छ। प्रहरीतर्फ सात जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। 

यो घटनापछि धनुषा र पर्सासहित मधेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। 

केही दिन अगाडि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरुले टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोष्ट गरेका थिए। धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो बनाइएको भन्दै ती दुई युवालाई स्थानीय अगुवाहरुले प्रहरीको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको बेला पक्राउ गरिएको भन्दै केही युवाहरु आक्रोशमा आए । त्यही बेला मस्जिदमा आक्रमण समेत भएको थियो। सोही घटनापछि वीरगञ्जमा तनाब बढेको हो। 

धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले टिकटकमा भिडियो राख्ने र तोडफोडमा स‌ंलग्न आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति: १२:५५ बजे, आइतबार, पुस २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्