Kathmandu Press

दिल्ली जानुअघि प्रचण्डले ओलीलाई भेटे

प्रचण्डको सचिवालयले जनाए अनुसार दुई नेताबीच ललितपुरको च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको हो। प्रचण्ड आजै भारतको नयाँ दिल्ली प्रश्थान गर्दैछन्। 
दिल्ली जानुअघि प्रचण्डले ओलीलाई भेटे

काठमाडौं, पुस २० : एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहान भेटवार्ता भएको छ। 

प्रचण्डको सचिवालयले जनाए अनुसार दुई नेताबीच ललितपुरको च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको हो। प्रचण्ड आजै भारतको नयाँ दिल्ली प्रश्थान गर्दैछन्। 

Hardik ivf

त्यसअघि उनले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्। ओली र प्रचण्डबीच करिव आधा घण्टा भेटवार्ता भएको जनाइएको छ। 

सचिवालयले जनाए अनुसार नेकपाको प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्डआज साँझ दिल्ली जान लागेका हुन्।

ओली र प्रचण्डबीच आउँदो राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा एमाले र नेकपाबीच गठबन्धनका लागि छलफल भएको जनाइएको छ। 

प्रकाशित मिति: १३:२७ बजे, आइतबार, पुस २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्