रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरि केन्द्रीय समिति बैठक आह्वान भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा केन्द्रीय समितिका सम्पूर्ण सदस्यलाई अनिवार्य उपस्थिति हुन भनिएको छ ।
काठमाडौं, पुस २० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरि केन्द्रीय समिति बैठक आह्वान भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा केन्द्रीय समितिका सम्पूर्ण सदस्यलाई अनिवार्य उपस्थिति हुन भनिएको छ ।
पार्टी समायोजन, विस्तार तथा सुदृढीकरण सम्बन्धी छलफल गर्नका लागि रास्वपा केन्द्रीय समिति बैठक बस्न लागेको हो । केही दिन पहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह र ऊर्जा मन्त्री कुलमान घिसिङ रास्वपामा मिसिएका थिए ।
प्रकाशित मिति: ०८:१३ बजे, आइतबार, पुस २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार