रनवे घटाएर भद्रपुर विमानस्थलमा सञ्चालनमा
दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकोले हाल १ हजार ५ सय मिटरको रनवे घटाएर १ हजार ४ सय मिटरमा विमानस्थाल सञ्चालन भइरहेको छ।-1767439414.jpg)
झापा, पुस १८ : शुक्रवार राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि अवरुद्ध भद्रपुर विमानस्थलमा सञ्चालनमा आएको छ। रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको हो।।
दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकोले हाल १ हजार ५ सय मिटरको रनवे घटाएर १ हजार ४ सय मिटरमा विमानस्थाल सञ्चालन भइरहेको छ।
रनवे छोट्याएर विमान थल सञ्चालन गरिएकोले त्यसको बारेमा जानकारी सबै पाइलटलाई नियमित रूपमा गराइँदै आएको विमानस्थलले जनाएको छ।
हाल प्रयोगमा रहेको १ हजार ४ सय मिटर रनवे जहाज सञ्चालनको लागि पर्याप्त रहेको बताताइएको छ।
विमान दुर्घटनाको यकिन कारण हालसम्म नखुलेको उनले बताए ।
शुक्रबार राति ९ बजेर १० मिनेटमा ल्याण्ड गर्ने क्रममा जहाज रन–वेबाट बाहिर गएको थियो। मौसम सफा रहेकोले मौसमको कारण दुर्घटना नभएको बताइएको छ।
प्रकाशित मिति: १६:०८ बजे, शनिबार, पुस १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












