Kathmandu Press

१८ खेलाडी पिसिबीको सेन्ट्रल कन्ट्रयाक्टमा

काठमाडौं, जेठ ८ : पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) १८ खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको छ। सन् २०२०/२१ का लागि पिसिबीले १८ खेलाडीलाई सेन्ट्....

१८ खेलाडी पिसिबीको सेन्ट्रल कन्ट्रयाक्टमा

काठमाडौं, जेठ ८ : पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) १८ खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको छ। सन् २०२०/२१ का लागि पिसिबीले १८ खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको हो। 

पिसिबीले १८ खेलाडीलाई ए, बी र सी ३ श्रेणीमा विभाजन गरेको छ। यस्तै यस पटकबाट पिसिबीले इमर्जिङ श्रेणी पनि थपेको छ। यसमा युवा खेलाडीलाई कन्ट्रयाक्टमा राखिएको छ।

पिसिबीले बुधबार सार्वजनिक गरेको कन्ट्रयाक्स लिस्टमा पूर्वकप्तान सर्फराज अहमद र यासिर साह ए बाट बी श्रेणीमा झरेका छन् भने युवा खेलाडीहरू ह्यारिस रउफ, हैदर अली र मोहम्मद हसनइन पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा परेका छन्। 

ए श्रेणीमा बाबर अजाम, अजर अली र शाहीन साह अफ्रिदी छन् भने बी श्रेणीमा अविद अली, असद शफिक, ह्यारिस सोहेल, मोहम्मद अब्बास, मोहम्मद रिजवान, सर्फराज अहमद, शादब खान, शान मसूदर यासिर साह छन्। यस्तै, सी श्रेणीमा फखर जमान, इफ्तिखर अहमद, इमद वासिम, इमाम उलहक, नसीम साह र उस्मान सिनवारी छ भने रू ह्यारिस रउफ, हैदर अली र मोहम्मद हसनइन इमर्जिङ श्रेणीमा छन्। 

यसैगरी पिसिबीले बाबज अजमलाई टी–२० र वान डे टिमको कप्तान बनाएको छ। टेस्ट टिममा भने अजर अलीलाई नै निरन्तरता दिइएको छ।

प्रकाशित मिति: १२:०८ बजे, बुधबार, जेठ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्