Kathmandu Press

राष्ट्रपति पौडेलले ग्रहण गरे दशैँको टीका र जमरा

राष्ट्रपति पौडेलले ग्रहण गरे दशैँको टीका र जमरा

काठमाडौं, कात्तिक ४ : राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दशैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् । 

आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: १४:३७ बजे, बुधबार, कात्तिक ४, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्