Kathmandu Press

भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन

दुबईमा भएको खेलमा किस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो ।
भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन

काठमाडौं, पुस ७ : पाकिस्तानले एसिसी यु –१९ एसिया कपको उपाधि जितेको छ । फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो ।

दुबईमा भएको खेलमा किस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो ।

Hardik ivf

समिरलाई अहमद हुसैनले ७२ बलमा ५६ रनको बनाएर दिए । समिर र अहमदले तेस्रो विकेटका लागि १ सय ३७ रनको साझेदारी पनि गरेका थिए । जवाफमा भारतले सुरुमा आक्रामक सुरुवात गर्दै पाँचौं ओभरमा ५० रन बनायो । 

तर वैभव सूर्यवंशी १० बलमा २६ रनमा आउट भएपछि भारत दबाबमा पर्यो। पावरप्लेको अन्त्यसम्म भारतले ५ विकेट गुमाउँदै ६८ रन बनाएको थियो ।

प्रकाशित मिति: ०८:३४ बजे, सोमबार, पुस ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्