एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख राहत कोषमा
नेपाल भलिबल लिग सुरु हुन अघि नै आयोजकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पीडितको उद्धार, उपचार र पुनस्र्थापनाको अभियानमा सहयोग पु¥याउने उद्देश्यले नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको थियौं।
काठमाडाैं, भदाै २३ : केडिया ग्रुपको आयोजना भइरहेको एक्सट्रिम इनर्जी डिं«क नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको रकम ५ लाख ९० हजार १ सय ५० रुपैयाँ बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
नेपाल भलिबल लिग सुरु हुन अघि नै आयोजकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पीडितको उद्धार, उपचार र पुनस्र्थापनाको अभियानमा सहयोग पु¥याउने उद्देश्यले नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको थियौं।
सोही प्रतिबद्धता अनुरुप ५ लाख ९० हजार १ सय ५० रुपैयाँ कोषमा जम्मा गरिएको हो।
केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले उक्त रकम बराबरको चेक अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबार हस्तान्तरण गर्नु भयो।
सो अवसरमा नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र नेपाल भलिबल लिग सीओओ विकास खेतानको पनि उपस्थिति रहेको थियो।

-1788856868.jpg)