Kathmandu Press

एभिएलमा मधेशको पहिलो जित

केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा रविन नगरकोटी मार्की खेलाडी रहेको मधेशले धिरोजकाजी बस्नेत मार्की खेलाडी रहेको खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। मधेश २५–२१, २५–२० र २५–२३ ले विजयी भयो।
एभिएलमा मधेशको पहिलो जित

काठमाडाैं, भदाै २३ : मधेश वारियर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सोमबार जित हात पारेको छ । लगातार ३ खेलमा पराजय भोगेको मधेशले आफ्नो चौथो खेलमा पहिलो जित निकालेको हो।

केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा रविन नगरकोटी मार्की खेलाडी रहेको मधेशले धिरोजकाजी बस्नेत मार्की खेलाडी रहेको खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। मधेश २५–२१, २५–२० र २५–२३ ले विजयी भयो। मेधशका जिविन सेबास्टियन ‘म्यान अफ द म्याच’ घोषित भए।

यसअघि मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३–१, दोश्रोमा काठमाडौं रेड्ससंग ३–२ र अन्नपूर्ण स्पाइकर किङ्ससंग ३–१ ले चुकेको थियो। 

खप्तडको भने तेश्रो खेलमा लगातार हार हो। अघिल्ला दुई खेलमा पनि खप्तड सोझो सेटमै पराजित भएको थियो। खप्तडलाई सगरमाथा र कर्णाली शिवराजले हराएका थिए।
प्रतियोगिताअन्तर्गत मंगलबार दोश्रो तथा अन्तिम खेल साँझ ७ः०० बजे काठमाडौं रेड्स र सगरमाथाबीच हुनेछ।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ। शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ। यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ।
 

प्रकाशित मिति: २०:५२ बजे, मंगलबार, भदौ २३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्