Kathmandu Press

मधेशको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री थपिए

लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीलाई शिक्षा तथा संस्कृति र माओवादी केन्द्रका जवाहरलाल कुश्वाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। 
मधेशको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री थपिए

धनुषा, मंसिर २९ : मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ। 

मुख्यमन्त्री कृष्ण यादवले सोमबार साँझ मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उनले मन्त्रिपरिषदमा दुई मन्त्री थपेका छन्।

Hardik ivf

लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीलाई शिक्षा तथा संस्कृति र माओवादी केन्द्रका जवाहरलाल कुश्वाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

मन्त्री बनको दुवै जनाले आजै साँझ प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मधेश प्रदेश सरकारमा रहेका बिना विभागीय मन्त्री रहेका नेपाली कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने त्यस्तै कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

यस्तै, जनमत पार्टीका महेश प्रसाद यादवलाई यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी दिएको थियो।

मङ्सिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका यादवले पुस ४ गते विश्वासको मत लिँदै छन्। 

प्रकाशित मिति: १९:४५ बजे, सोमबार, मंसिर २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्