मुख्यमन्त्री यादवले पुस ४ मा विश्वासको मत लिने, त्यसअघि नै मन्त्रिपरिषद् विस्तारको तयारी
मुख्यमन्त्री यादवले त्यसअघि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। गत मङ्सिर १९ गते ६ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए।
काठमाडौं, मंसिर २९ : मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते शुक्रबार विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री यादवले त्यसअघि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। गत मङ्सिर १९ गते ६ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए।
जनमत पार्टीबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय तोकेर एकएक जना मन्त्री नियुक्त गर्ने तयारी छ । जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव अर्थमन्त्री बनिसकेका छन्।
सोमबार विहान बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयसहित एकएकजना मन्त्री नियुक्त गर्ने निर्णय भएको जनाइएको छ।
कांग्रेसबाट जङ्गीलाल राय यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल बिना विभागीय मन्त्री नियुक्त भएका थिए।
प्रकाशित मिति: १२:४४ बजे, सोमबार, मंसिर २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












