Kathmandu Press

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

आफू ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेको बताउँदै उनले जनताप्रति उत्तरदायी भूमिका खेलेको दाबी समेत गरे।
मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

जनकपुर, मंसिर १७ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्रीबाट राजीनामाको घोषणा गरेका छन्। 

विश्वासको मत लिन भन्दै बसेको प्रदेश सभा बैठकमा सम्बोधन गरेर यादवले राजीनामा दिएको घोषणा गरे। उनले आफ्नो बाध्यात्मक नियुक्ति भएको भन्दै विश्वासको मतको चिन्ता नलिएको बताए। 

आफू ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेको बताउँदै उनले जनताप्रति उत्तरदायी भूमिका खेलेको दाबी समेत गरे। राजिनामा घोषणा गर्नेक्रममा उनले अप्ठ्यारो अवस्थामा पनि साथ दिने नवनियुक्त तीन मन्त्रीलाई धन्यवाद दिए। 

एक सय सात सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ५४ सांसदको समर्थन चाहिन्छ। मधेस प्रदेश सभामा एमालेको २५ सिट मात्र छ। 

यादवको पक्षमा विश्वासको मत प्राप्त नहुने अवस्था देखेपछि राजीनामाको घोषणा गरेका हुन्। यादवलाई कात्तिक २२ गते बर्दीबासको एक होटलमा डाकेर तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गर्दै सपथ खुवाएकी थिइन्। 

प्रकाशित मिति: १६:०८ बजे, बुधबार, मंसिर १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्