मुख्यमन्त्री यादवले २ बजेमात्र विश्वास मत लिने अडान लिएपछि प्रदेशसभा बैठक सारियो
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजेका लागि बैठक बोलाएको थियो। तर, २ घण्टासम्म पनि बैठक सुरु भएपछि बैठक २ बजेका लागि सारिएको हो।
धनुषा, मंसिर १७ : मधेश प्रदेशसभा बैठक २ बजेका लागि सारिएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजेका लागि बैठक बोलाएको थियो। तर, २ घण्टासम्म पनि बैठक सुरु भएपछि बैठक २ बजेका लागि सारिएको हो।
विपक्षी दलका प्रदेश सांसदहरू बिहानै ८ः३० बजे आएर प्रदेश सभामा कुरिरहेका थिए।
मुख्यमन्त्री यादवले दिउँसो २ बजे विश्वासको मत लिने वातावरण बनाइदिन प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए। मुख्यमन्त्री यादवकै अडान अनुसार आज दिउँसो दुई बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो।
प्रकाशित मिति: ११:२८ बजे, बुधबार, मंसिर १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)