Kathmandu Press

नीति तथा कार्यक्रमले कृषिलाई उपेक्षा गर्‍याे : सांसद तामाङ

काठमाडौं, जेठ ५ : नेकपा सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारले ल्याएको नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई उपेक्षा गरेको बताएका छन्।

....
नीति तथा कार्यक्रमले कृषिलाई उपेक्षा गर्‍याे : सांसद तामाङ

काठमाडौं, जेठ ५ : नेकपा सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारले ल्याएको नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई उपेक्षा गरेको बताएका छन्।

उनले अहिले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणमा जुट्नुपर्ने वेलामा सरकारले स्वस्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नु राम्रो भएको पनि बताए। तर, त्यसका साथै कृषि क्षेत्रलाई प्राथकिता दिन सके कोरोनाजस्तै जतिसुकै महामारी फैलिए पनि बाँच्न सक्ने बताए।

'पहिलो प्राथमिकता स्वास्थ्य नै हो, रोगले कोही नमरोस् र दोस्रा कृषि नै हो, कोही पनि खान नपाएर मर्नु नपरोस्,’ उनले भने, 'गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा पाँच लाखलाई रोजगारी दिने भनिएको थियो। कतिले रोजगारी पाए? बोलेर मात्रै हुँदैन। विदेशमा भएका पनि अब स्वदेश फर्किन्छन्। तिनलाई रोजगार दिन पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिनुपर्छ।’

युवालाई कृषिमार्फत रोजागरी दिने विषय नीति तथा कार्यक्रममा नसमेटिएको उनको भनाइ थियो। सांसद तामाङले भने, 'खाद्यान्न आयात गर्दा दुई खर्ब १८ अर्ब विदेश पठाइएछ, त्यसलाई जोगाउने हो भने एक व्यक्तिले करिब ५० हजार कमाउँछ भन्ने तथ्यांक राख्ने हो भने ४३ लाख मान्छेले राजगार पाउँछन्। यि विषय नीति तथा कार्यक्रममा देखिएन।’

प्रकाशित मिति: १४:२५ बजे, सोमबार, जेठ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्