Kathmandu Press

पाकिस्तानी क्रिकेट टाेलीले इंग्ल्यान्ड भ्रमण गर्ने

काठमाडौं, जेठ ५ : पाकिस्तानले तीन महिनापछि इंग्ल्यान्डको भ्रमण गर्ने भएको छ। केही अगाडि मात्रै जुलाइका लागि तय भएको आयरल्यान्ड भ्रमण पाकिस्तानले रद्द ....

पाकिस्तानी क्रिकेट टाेलीले इंग्ल्यान्ड भ्रमण गर्ने

काठमाडौं, जेठ ५ : पाकिस्तानले तीन महिनापछि इंग्ल्यान्डको भ्रमण गर्ने भएको छ। केही अगाडि मात्रै जुलाइका लागि तय भएको आयरल्यान्ड भ्रमण पाकिस्तानले रद्द गरेपछि इंग्ल्यान्ड भ्रमण पनि रद्द हुने आशंका गरिएको थियो।

पाकिस्तान क्रिकेट बार्ड (पिसिबी)ले कोरोनाको महामारीबीच पाकिस्तान क्रिकेट टिमलाई इंग्ल्यान्ड भ्रमणका लागि स्वीकृति दिएको छ। पाकिस्तानले इंग्ल्यान्डमा तीन टेस्ट र तीन एकदिवसीय खेलका दुई सिरिज खेल्ने छ। सिरिज जुलाई ३० बाट सुरु हुनेछ।

इंग्ल्यान्ड पुगेपछि पाकिस्तानी टिमले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा भने बस्नु पर्नेछ। त्यसपछि कोरोना परीक्षण गरेपछि मात्र सिरिज सुरु हुनेछ। यो सिरिज कोरोनाको महामारीपछि सुरु हुने पहिलो सिरिज हुनेछ।

इंग्ल्यान्ड भ्रमणका लागि पाकिस्तान क्रिकेट बोर्डले २५ खेलाडी छनोट भइसकेको जनाएको छ। उनीहरुलाई चार्टर्ड विमानमार्फत इंग्ल्यान्ड पठाउने पिसिबीले जनाएको छ।
कोरोनाका कारण अहिले विश्वभरकै सबै क्रिकेट गतिविधि स्थगित गरिएका छन्।

प्रकाशित मिति: १०:०४ बजे, सोमबार, जेठ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्