Kathmandu Press

नेकपाप्रति ओलीको टिप्पणी– साथीहरुले ज्येष्ठ नागरिक आश्रम खोलेछन् 

सोमबार घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै उनले नेकपामा प्रवेश गर्ने तयारीमा रहेका नेता भीम रावललाई लक्षित गर्दै उनले छैठौं नम्बर पाएपछि कुदिहाल्दो रहेछन् भन्दै टिप्पणी गरे। 
नेकपाप्रति ओलीको टिप्पणी– साथीहरुले ज्येष्ठ नागरिक आश्रम खोलेछन् 

काठमाडौं, कात्तिक २४ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले १० वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको सज्ञां दिएका छन्। 

सोमबार घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै उनले नेकपामा प्रवेश गर्ने तयारीमा रहेका नेता भीम रावललाई लक्षित गर्दै उनले छैठौं नम्बर पाएपछि कुदिहाल्दो रहेछन् भन्दै टिप्पणी गरे। 

‘ज्येष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ। ज्येष्ठ नागरिक आश्रममा अब एक दुई जनालाई समेट्न बाँकी छ। अनि कोर्स पूरा हुन्छ उहाँहरुको । कोही कोही छैठौं नम्बर पाएपछि कुदिहाल्नु हुँदो छ,’ उनले भने। 

अनेरास्ववियूलाई विद्यालय–क्याम्समा पस्न नदिने अनि विदेशका विभिन्न एजेन्सीका अनेक क्रियाकलापमार्फत आगजनी गर्न सिकाउन चाँही पठाउने? भन्दै उनले निजी विद्यालयहरुलाई प्रश्न गरे। 

अध्यक्ष ओलीले घरीघरी जेनजीलाई उकास्न सडकमा निस्किएका पुलतीहरु आफूहरुले देखेको भन्दै भदौ २४ गतेका दिन नै प्रधानमन्त्री र मन्त्रीहरु को को हुँदैछन् भन्ने थाहा पाएको बताए। 
 
प्रकाशित मिति: १९:४८ बजे, सोमबार, कात्तिक २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्