Kathmandu Press

निर्वाचनको वातावरण बनाउन पूर्वराष्ट्रपति यादवको आग्रह

जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे दुःख व्यक्त गर्दै उनले दुई मुख्य पार्टी मिलेर सत्ता चलाउने भनेको राष्ट्रिय संकट आउँदा मात्र गर्नुपर्ने भएपनि कांग्रेसले गलत गरेको धारणा राखे।  
निर्वाचनको वातावरण बनाउन पूर्वराष्ट्रपति यादवको आग्रह

काठमाडौं, कात्तिक २४ : पूर्वराष्ट्रपति डा.रामवरण यादवले एमालेसँग नेपाली कांग्रेसले सत्ता साझेदारी गर्नु गलत भएको बताएका छन्। उनले दुई ठूला दलले संसदीय प्रणालीमाथि प्रहार गरेको गुनासो गरे। 

सोमबार गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा डा.यादवले दुई पटक संसद विघटन गर्ने एमालेसँग सत्ता साझेदारी गरेर गलत गरेको बताएका हुन्।

Hardik ivf

जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे दुःख व्यक्त गर्दै उनले दुई मुख्य पार्टी मिलेर सत्ता चलाउने भनेको राष्ट्रिय संकट आउँदा मात्र गर्नुपर्ने भएपनि कांग्रेसले गलत गरेको धारणा राखे।  

डा. यादवले मुलुकमा निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरुलाई आग्रह पनि गरे। राजनीतिक दलहरुले अलमल नगरी निर्वाचनको माहौल बनाउने काममा लाग्नुपर्ने बताएका हुन्। निर्वाचनमा जाने औपचारिक निर्णय गर्न ढिलाइ नगर्न पनि कांग्रेसलाई सचेत गराए। 

पूर्वराष्ट्रपति यादवले मुलुक जेन–जी पुस्ताले पनि यही संविधान मानेर अघि बढ्छु भनेकाले निर्वाचनमा जानका लागि कुनै समस्या नभएको उल्लेख गरे।

यादवले आफूले प्रधानमन्त्री सुशीला कार्कीलाई पनि निर्वाचनको वातावरण बनाउन ध्यानाकर्षण गराएको बताए। उनले हालको संविधान बचाएर लैजानपनि आग्रह गरे। 

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह, पत्रकार विष्णु निष्ठुरीलगायतले धारणा राखेका थिए। 
 

प्रकाशित मिति: १९:२४ बजे, सोमबार, कात्तिक २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्